नवनियुक्त वनमन्त्री महतो र शिक्षा राज्यमन्त्री कुमारीले लिए शपथ

0

काठमाडौं : नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री महतोलाई शपथ ग्रहण गराए भने राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहण गराए ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा मंगलबार राष्ट्रपति पौडेलले जनता समाजवादी पार्टी (जसपा)का महतोलाई वन मन्त्री र कुमारीलाई राज्यमन्त्री नियुक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.