संघीय संसदको संयुक्त बैठक आज बस्दै

0

काठमाडौं  \ संघीय संसदको संयुक्त बैठक बुधबार बस्ने भएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा संघीय संसदको संयुक्त बैठक बोलाइएको हो । संयुक्त बैठक बुधबार अपरान्ह ४ बजे बोलाइएको छ ।

संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्नका लागि बैठक बोलाइएको सभामुख देवराज घिमिरेले बताउनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने भएको छ ।

Leave A Reply

Your email address will not be published.