नक्कली शरणार्थी प्रकरणमा विशेष संसदीय समिति बनाएर छानबिन गर्न रास्वपाको माग

0

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गरेको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकको शुरुमै समय लिएर बोल्दै रास्वपाका सभापति रवि लामिछानले नक्कली शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गरेका हुन् ।

उनले दिनदहाडै उज्यालोमा, प्रधानमन्त्री कार्यालयमा, मन्त्री क्वाटरमा र सिंहदरबारमा लेनदेन भएको भन्दै यसकाे संसदीय समिति गठन गरेर छानबिन गर्नुपर्ने बताए ।

सभापति लामिछानेले अहिले आरोप लाग्न बाँकी कुनै राजनीतिक दल बाँकी नरहेकाले कसैलाई विश्वास गर्ने वातावरण नभएको बताए । साथै उनले यस प्रकरणमा नाम मुछिएकालाई सोधपुछ गर्न पनि सरकार डराएको आरोप लगाए ।

Leave A Reply

Your email address will not be published.