महान फुटबलर पेलेको निधन

0

काठमाडौं : ब्राजिलका महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो)को निधन भएको छ । ८२ वर्षको उमेरमा उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति उनको निधन भएको बीबीसीले जनाएको छ ।

मृगौला र प्रोस्टेट रोगले थला पारेपछि पेले उपचारका लागि एक महिनाअघि अस्पताल भर्ना भएका थिए । उनी नोभम्बरमा अस्पताल भर्ना भएका थिए ।

लगातार तीन पटक विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ । पेलेले ब्राजिललाई लगातार तीन पटक फिफा विश्वकप उपाधि दिलाएका थिए । ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो । पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १३६३ खेल खेल्दै १२८१ गोल गरेका छन् ।

पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ दि सेन्चुरी घोषणा गरिएको थियो । उनले ब्राजिलका लागि ९२ खेल खेल्दै ७७ गोल गरेका थिए ।

Leave A Reply

Your email address will not be published.