५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने सत्ता गठबन्धनको निर्णय

0

काठमाडौं : सत्ता साझेदार दलहरुहरुले आगामी ५ दिनमा न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तय गर्न नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई संयोजक तोकेको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकार के का लागि हो भन्ने कुराको तय गर्न न्यूनतम साझा कार्यक्रम बनाउन लागेको जानकारी दिए ।

बैठकमा मन्त्रीमण्डल विस्तार, केन्द्र सरकारदेखि प्रदेश सरकारको बारेमा पनि छलफल भएपनि कुनै निर्णय नभएको नेताहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.