रुसका अगाडि घुँडा टेक्दैनौं : युक्रेनी राष्ट्रपति

0

एजेन्सी : युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसका अगाडि घुँडा नटेक्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

रुसले युक्रेनमा आक्रमण गरेपछि पहिलो विदेश भ्रमणका क्रममा अमेरिका पुगेका जेलेन्स्कीले अमेरिकी संसदका दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

आफूले शान्तिका लागि अघि सारेको दश बुँदे प्रस्तावलाई राष्ट्रपति जो बाइडेनले स्वीकारेको भन्दै जेलेन्स्कीले प्रत्येक अमेरिकी सांसदले पनि त्यसलाई अनुमोदन गर्नुपर्ने बताए ।

रुसलाई आतंककारीको संज्ञा दिंदै जेलेन्स्कीले आतंककारीलाई सबक सिकाउन अमेरिकी कंग्रेस एक ढिक्का हुने विश्वास समेत व्यक्त गरे ।

त्यसअघि ह्वाइटहाउमा राष्ट्रपति बाइडेनसँग भएको वार्तामा जेलेन्स्कीले शान्तिका लागि देशको सिमाना गुमाउन नसक्ने बताएका थिए ।

देशको सिमाना गुमाएर शान्तिका लागि सम्झौता गर्न नसक्ने उनको भनाइ थियो ।

भेटवार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई आवश्यक थप सहयोग घोषणा गरेका छन् ।

अमेरिकाले युक्रेनलाई उच्च प्रविधियुक्त प्याट्रिएट रक्षा प्रणाली पनि उपलब्ध गराउने घोषणा गरेको हो । रुसले भने अमेरिकी सहयोगको विरोध गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.