गैर आवासीय नेपाली अभियानमा नयाँ पुस्ताको आकर्षणका लागि केहि सुझाब,

0
दीपक न्यौपाने

युवा बर्ग भनेको तुलनात्मक रुपमा चाडै परिबर्तनको अपेक्षा राख्ने बर्ग हो । आफ्नो लक्ष्य प्राप्तिको लागि कतिपय परिबर्तित अवस्था आएर समय लाग्ने भयो भने त्यो पुस्तामा मनोबैज्ञानिक असर समेत देखिन्छ , जुन अहिलेको हुर्कने बित्तिकै बिदेश उड्ने सपना बोक्ने युबाले भोगिरहेका छन । विदेशमा अवसर मात्र छ भन्ने सोचले विदेशको सपनामा रमाउने बर्ग विदेश आईसके पछि यहाँको प्राप्ति सोचे अनुसार नहुने हुदा धेरैमा डिप्रेसनको समेत शिकार हुनु परेको छ । आफुमा योग्यता क्षमता हुँदाहुदै पनि विदेशमा नयाँ जीवनको लागि संघर्ष गर्न मनोबैज्ञानिक रुपमा नै तयार नहुनु एक जटिल समस्याको रुपमा देखा परेको छ , जसले गर्दा दिनहु अप्रिय घट्नाहरु बढ्दै गईरहेका छन ।

यस्ता समस्याको न्यूनीकरणमा नेपालबाट नै काउन्सिल गर्नु पर्ने र विदेशमा पर्ने सम्भाभित जटिलताको बारेमा सम्बन्धित निकायले नेपालमा नै जानकारी दिने गर्नु अपहरिहार्य भैसकेको छ । विदेश आइसकेपछी पनि के कस्तो छ भनि गैर आवासीय नेपाली संघका राष्ट्रिय समन्वयन परिसदहरुले एबं अन्य सामाजिक संघ सस्थाहरुले समयमा बिभिन्न अन्तरकृया अथवा सम्भब भएसम्म व्यक्तिगत परामर्शको व्यवस्था समेत गर्नु उपयुक्त हुन्छ ।

नेपालमा बस्ने नेपाली युवा र यहाँ हुर्कदै गरेको युवा बीच अवसर र चुनौती बिषयमा समय सापेक्ष बिभिन्न कार्यक्रम गर्नु बढी सान्धर्बिक हुन्छ । नेपाली कला संस्कृतिको संरक्षणमा नबिन सोच अनुसार युवा पुस्तालाई अगाडी ल्याउने गैर आबासीय नेपालीइ संघको परिधि भित्र बसेर कार्य गर्न आर्थिक सुल्क बुझाउनु पर्ने हुदा नयाँ पुस्ताको लागि मनोनयन दर्ता तथा अाइसीसी लगायत सुल्क एकदम महँगो भएकोले त्यसमा पुनर्विचार गर्नु पर्ने छ । त्यस्तो सम्भावना बोकेका युवा पुस्तालाई गैर आवासीय नेपाली संघको अभियानमा आकर्षित गर्नको सम्मान एबं पुरस्कारको समेत व्यवस्था गर्न सके युबा सह्भागिता बढ्ने र युबा सोच, नयाँ योजनाहरुले संघको अभियानलाई नयाँ गती दिनेछ ।


बिकशित देशबाट ज्ञान र शिप पाएका युबाहरुलाई नेपाली कला संस्क्रिती र पहिचान अनि दु:खमा नआत्तिने र खुशीमा नमात्तिने हाम्रा ऋषीमुनि एबम पिता पुर्खाले सिकाएको ज्ञान पनि दिन सकियो भने चुनौतीपूर्ण आजको बिस्वमा सफल हुन सरल जिबन जिउन शाहअज हुनेछ । बिदेशमा हाम्रा गतिबिधी त्यस तर्फ केन्द्रित गर्न ढिला गर्न हुँदैन ।


नेपाली भाषाको लागि राजदुताबास सँगको समन्वयनमा यहाँ हुर्कदै गरेको पुस्तालाई गैर आवासीय नागरिकता प्राप्तिको लागि आवश्यक नेपाली भाषा सिकाई र त्यसको प्रमाणपत्र प्राप्ती एबं व्यक्तिगत घट्नालाई विदेशबाट नै सहज रुपमा दर्ता प्रकृयाको लागि गैर आवासीय नेपाली संघलेबिशेस पहल गर्नु पर्दछ । गैर आवासीय नेपाली संघको राष्ट्रिय समन्वयन परिसदको सिफारिसमा सम्बन्धित देशको राजुताबासबाट सहज तरिकाले बिदेशमा आबस्यक हुने अन्य कागजात हरु पनि प्राप्त गर्ने व्यवस्था गर्दा सँस्थालाई पनि दिर्घकालिन रुपमा आर्थिक स्रोत जुट्ने र यसमा नयाँ पुस्ताको संलग्नता पनि बढ्नेछ ।

(न्यौपाने गैर आबासीय नेपाली संघ युरोपका युबा उपसन्योजक हुन )

Leave A Reply

Your email address will not be published.