बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन

0

एजेन्सी : बेलायती महारानी एलिजाबेथ द्वितीयकाे ९६ वर्षकाे उमेरमा निधन भएकाे छ । महारानी एलिजाबेथ द्वितीयको निधन स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको हो ।

सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्र अध्यक्ष हुन् । उनले ७० वर्षसम्म शासन गरिन् ।

बिहीबार उनकाे स्वास्थ्यमा समस्या देखिएपछि बाल्मोरलमा डाक्टरको निगरानीमा राखिएको थियाे । बुधबारका लागि आयोजना गरिएको एउटा भर्चुअल बैठकमा महारानी अनुपस्थित भएपछि उनको स्वास्थ्यबारे चर्चा भएको थियो ।

नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले ट्वीट गर्दै बकिङ्गम प्यालेसबाट महारानीका बारेमा आएको खबरले सम्पूर्ण देश नै चिन्तित भएको बताएकी छन् ।

महारानी एलिजाबेथको निधन भएको घोषणापछि दरबारमा रहेको राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

Leave A Reply

Your email address will not be published.