सन्दीप लामिछानेले भने- नेपाल आउँदैछु, ममाथि लागेका सबै आरोपको सामना गर्छु

0

काठमाडौं : नाबालिग बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू चाँडै स्वदेश फर्कने बताएका छन् । 

हाल सिपिएल खेल्न वेस्ट इन्डिजमा रहेका लामिछानेले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै चाँडै नेपाल फर्केर आफूमाथि लागेका आरोपको सामना गर्ने बताएका हुन् ।

लामिछानेलाई बिहीबार नै नेपाली राष्ट्रिय क्रिकेट टिम क्यानले कप्तानबाट निलम्बन गरिसकेको छ । 

उनले आफूमाथि आधारहीन आरोप लगाइएको दाबीसमेत गरेका छन् । आफू निर्दोष रहेको उल्लेख गर्दै नेपाली कानूनअनुसार न्यायका लागि लड्ने र त्यसमा आफूलाई सबै पक्षबाट सहयोग हुने अपेक्षासमेत गरेका छन् ।

उनले नेपालको कानूनको सम्मान पनि गर्ने उल्लेख गरेका छन् ।

Leave A Reply

Your email address will not be published.