ग्यास प्रयोग घटाउन युरोपेली संघका देशहरू सहमत

0

एजेन्सी : युरोपेली संघ ईयू सदस्य मुलुक ग्यास प्रयोग कटौती गर्न सहमत भएका छन् ।

रुसले ग्यासको आपूर्ति अवरुद्ध गरेको अवस्थामा त्यसको प्रयोग कटौती गर्न उनीहरु सहमत भएका हुन् ।

ईयू सदस्य राष्ट्रहरू आगामी अगस्टदेखि मार्चसम्म ग्यासको प्रयोग १५ प्रतिशत घटाउन सहमत भएका हुन् ।

तर केही देशहरूलाई यो बाध्यताबाट छुट दिइएको छ । ईयूको ग्यास पाइपलाइन नपुगेका आयरल्यान्ड, माल्टा र साइप्रसलाई ग्यासको प्रयोग घटाउने सहमति बाध्यकारी नहुने बताइएको छ ।

आपूर्तिको वैकल्पिक स्रोत नभएकाले उनीहरुलाई छुट दिइएको हो । सहमतिको उद्देश्य जाडो यामअघि ग्यासको बचत गर्नु रहेको बताइएको छ ।

ईयूले ऊर्जा आपूर्तिलाई निरन्तर हतियार नबनाउन रुसलाई चेतावनी समेत दिएको छ ।

मुख्य पाइपलाइनमा मर्मतको लागि भन्दै रुसी ग्यास उत्पादक ग्याजप्रोमले सोमवार नर्ड स्ट्रीम वान पाइपलाइनको एउटा टर्बाइन बन्द गरेको थियो । त्यस लगत्तै इयुमा आबद्ध मुलुकहरुले प्रयोग घटाउने सहमति गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.