सीसीटीभी दृश्य ३ महिनासम्म सुरक्षित राख्न गृहमन्त्रालयको निर्देशन

0

काठमाडौं : गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएको सीसीटीभी दृश्य तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको छ । 

गृहसचिवस्तरको निर्णयबाट मन्त्रालयले सबै कार्यालयलाई तीन महिनासम्म अनिवार्य सीसीटीभी फुटेज सुरक्षित राख्न निर्देशन दिएको हो । 

मन्त्रालयले आफू मातहतका आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई तीन महिनासम्म 
सीसीटीभी दृश्य सुरक्षित राख्न भनेको हो । 

मन्त्रालयले सिंहदरबार क्षेत्रको सीसीटीभी व्यवस्थापन सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय सचिवालयले व्यवस्थापन गर्ने पनि जानकारी दिएको छ । 

सिंहदरबारभित्रको सीसीटीभीको निरीक्षण/अनुगमन नेपाल प्रहरीको सिंहदरबारभित्र रहेको ‘सिंहदरबार सुरक्षा गण’ले गर्दै आएको छ । 

सरकारले यसअघि ल्याएको सीसीटीभीको प्रयोगसम्बन्धी कार्यविधिमा तीन महिनासम्म फुटेज सुरक्षित राख्नुपर्ने उल्लेख छ । 

अर्थ मन्त्रालयले १३ दिनभन्दा बढीको दृश्य नरहने जवाफ दिएपछि अहिले सीसीटीभी दृश्यको सुरक्षाका विषयमा प्रश्न उठिरहेको छ ।

Leave A Reply

Your email address will not be published.