भारतीय राषट्रपति मुर्मुले लिइन् शपथ

0

काठमाडौं : भारतको १५ औँ राष्ट्रपतिमा चुनिएकी द्रौपदी मुर्मुले सर्वोच्च संवैधानिक पदको शपथ ग्रहण गरेकी छिन् । 

द्रौपदी मुर्मुलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश एनभी रमानाले शपथ गराएका हुन् । 

शपथ समारोहमा पूर्वराष्ट्रपति रामनाथ कोविन्द, निवर्तमान उपराष्ट्रपति एम वेंकैया नायडू , प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस अध्यक्ष सोनिया गान्धी उपस्थित थिए । 

मुर्मु आदिवासी समुदायबाट राष्ट्रपति बन्ने पहिलो भारतीय महिला हुन् । उनी सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति बनेकी हुन् । निर्वाचनमा मुर्मुले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गरेकी हुन् । 

उनको जन्म सन् १९५८ को जुन २० तारिखमा ओडिशाको मयुरभञ्ज जिल्लाको उपरबेडामा भएको थियो । उनी अल्पसंख्यक सन्थाल जनजाति समुदायकी हुन् । 

सन् २०१५ देखि सन् २०२१ सम्म उनी झारखण्ड राज्यको राज्यप्रमुख बनेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.