युरोपमा अत्याधिक गर्मी, डढेलोले हजारौं मानिस विस्थापित

0

एजेन्सी : युरोपका अधिकांश मुलुकहरु उच्च तापमानको मारमा परेका छन् । बढदो तापक्रमसँगै जंगलमा लागेको डढेलोले फ्रान्स, पोर्चुगल, स्पेन र ग्रीसमा हजारौं मानिस विस्थापित भएका छन् ।

फ्रान्सको जंगलमा लागेको डढेलोका कारण ३० हजार मानिस विस्थापित भएका छन् ।

फ्रान्सको पर्यटकिय गिरोन्डे आसपासको जंगलमा लागेको डढेलोको ताप शहर सम्म पुग्दा जनजीवन ठप्प भएको छ ।

फान्सको तापक्रम ४२ र स्पेनमा ४३ डिग्री सेल्सियस मापन भएका छ ।

उता नेदरल्याण्ड्समा पनि अहिलेसम्मकै सबैभन्दा ३३ दशमलव ६ डिग्री मापन भएको छ ।

बेल्जियम, जर्मनी, र इटलीम पनि तापक्रम ४० डिग्रीको हाराहारीमा पुग्दा जनजीवन अस्तब्यस्त बनेको छ ।

बेलायतमा तापक्रम अहिलेसम्मकै उच्च ४० डिग्री सेल्सियस मापन गरिएको छ । बेलायतमा चेतावनीसहित राष्ट्रिय सङ्कट घोषणा गरिएको छ ।

गर्मीकै कारण बेलायतमा रेलवे सेवा बन्द गरिएको छ । लुटन विमानस्थलको धावनमार्ग तातेको कारण केही उडानहरु रद्द भएका छन ।

युरोपेली संघको झन्डै आधा भू–भाग खडेरीको जोखिममा परेको युरोपेली आयोगका अनुसन्धानकर्ताले चेतावनी दिएका छन् ।

४६ प्रतिशत भू–भागमा खडेरीको उच्च जोखिममा रहेको र ११ प्रतिशत भू–भागमा खडेरीका कारण विशेष सतर्कता अपनाउनुपर्ने इयुको भनाइ छ ।

स्पेनमा अहिले १० वर्षको औसतभन्दा पानीको जलाशयको मात्रा कम भएको छ ।

पानीको अभाव र उच्च तापले गर्दा फ्रान्स, रोमानिया, स्पेन, पोर्चुगल र इटलीमा बालीको उत्पादन कम हुने विज्ञले चेतावनी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.