जोनसन सरकार विश्वासको मत लिन सफल

0

एजेन्सी : बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकारले विश्वासको मत लिन सफल भएको छ । 

चुनाव गराउनबाट बच्न सत्तारूढ कन्जरभेटिभ पार्टीका सदस्यहरूले मन्त्रीहरूको समर्थनमा मतदान गरेका हुन् । 

संसदमा भएको मतदानमा ३ सय ४९ सांसदमध्ये २ सय ३८ ले जोनसनको पक्षमा मत दिएका हुन् । 

विपक्षी लेबर पार्टीले जोनसनलाई राजीनामा दिन आह्वान गरेको छ । सेप्टेम्बरको सुरुमा कन्जरभेटिभ पार्टीले आफ्नो उत्तराधिकारी चयन नगरेसम्म आफू प्रधानमन्त्री रहने जोनसनले बताउँदै आएका छन् । 

जोनसनले कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा दिइसकेकाले अर्को नेता चयन नहुँदासम्म उनी पार्टीको कामचलाउ नेता रहनेछन् । 

विपक्षी लेभर पार्टी जोनसनलाई अविश्वासको प्रस्तावमार्फत हटाउनुपर्ने अडानमा छ । 

जोनसनले उनले राजीनामा दिने बताइसकेको र संसदीय दलको नेताबाट पनि हटिसकेकोले तत्काल पदमुक्त गर्नु नपर्ने कन्जरभेटिभको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.