कहाँ पुग्यो अर्थमन्त्रीमाथिको छानविन ?

0

काठमाडौं : बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानविन गर्न गठित समितिको बैठक मंगलबार पनि बस्दैछ ।

समितिले मंगलबारदेखि सीसीटीभीसँग सम्बन्धित विज्ञसँग छलफल गर्दैछ । झन्डै सात दिन लगातार सक्रिय भए पनि समितिले अनधिकृत व्यक्ति प्रवेश प्रमाणित हुने वा प्रवेश नगराएको प्रमाणित हुने कुनै आधार फेला पार्न सकेको छैन ।

मेटिएको सीसीटीभी दृश्य फिर्ता ल्याउने प्रविधिका विषयमा सोमबारदेखि समितिले सूचना प्रविधि विज्ञसँग परामर्श गरिरहेको छ ।

प्राविधिक तथा विज्ञसँग छलफल गरेर मात्रै पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गर्ने समितिको तयारी छ ।

समितिले अर्थसचिव मधु मरासिनी र राजस्व सचिव कृष्णहरि पुष्करसँग पनि सोही विषयमा केन्द्रित रहेर समितिले छलफल गरेको छ ।

समितिले गत मंगलबारदेखि काम थालेको थियो । समितिले पहिलो चरणमा बजेट निर्माणताकाको जेठ महिनाको सीसीटीभी दृश्य मगाएपनि अर्थ मन्त्रालयले असारको दृश्य रेकर्ड भएको कम्युटरको हार्डडिस्क उपलब्ध गराएको छ ।

हार्डडिस्कमा जेठ महिनाको सीसीटीभी दृश्य रेकर्ड भएर डिलिट भएकोमा समेत यकिन हुन सकेको छैन ।

तत्कालीन अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानविन समिति बनेको छ ।

पूर्वअर्थमन्त्री शर्माले संसदीय छानविन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

Leave A Reply

Your email address will not be published.