नेपाल टी-२० लिग खेल्ने चार टिमको नाम र मालिकको घोषणा

0

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले नेपाल टी–२० लिग खेल्ने चार वटा टिमको नाम र टिम मालिकको नाम घोषणा गरेको छ ।

क्यानले सोमबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिग खेल्ने चार वटा टिम र टिम मालिकको घोषणा गरेको हो । 

पहिलो संस्करणको प्रतियोगितामा छ टोलीले प्रतिस्पर्धा गर्ने र बाँकी दुई टिमको नाम र मालिक चाँडै सार्वजनिक गरिने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । 

अध्यक्ष चन्दले नेपाल प्रिमियर लिग नामलाई कम्पनीमा दर्ता गरेर कब्जा गरेपनि लिगको आयोजना गर्ने अधिकार भने क्यान बाहेक अन्यलाई नभएको बताए ।

लिगमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले प्रतिस्पर्धा गर्ने क्यानले जनाएको हो । 

कान्तिपुरको टिम मालिकमा महेश्वर स्वार, लुम्बिनीको टिम मालिक संजय शर्मा, विराटनगरका बिक्रम यादव र जनकपुरका टिम मालिकमा गौरी शंकर धामनी रहेका छन् । 

सार्वजनिक गरिएको टोलीमा एक नेपाली, एक अमेरिकन र दुई भारतीय मालिक रहेका छन् । 

नेपाल टी–२० लिगको पहिलो संस्करण आगामी असोज ८ गतेदेखि कार्तिक ५ गतेसम्म कीर्तिपुरमा सञ्चालन हुनेछ । 

प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले पनि मान्यता दिएको छ । 

नेपाल क्रिकेट संघको ड्रीम प्रोजेक्ट हेरिएको टी–२० लिग आयोजना गर्नुको प्रमुख उद्देश्य नेपाली त्रिकेट, नेपाली क्रिकेट खेलाडीलाई लाभान्वित होस् भन्ने रहेको जनाएको छ । 

क्यानले भारतको सेभेन थ्री स्पोर्ट्स प्राइभेट लिमिटेडलाई व्यवसायिक र रणनीतिक साझेदारका रुपमा भित्र्याएको छ ।

Leave A Reply

Your email address will not be published.