देश छाडेर भागेका श्रीलंकाका राष्ट्रपतिले दिए राजीनामा

0

एजेन्सी : श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले देश छोडेर भागेसँगै राजीनामा दिएका छन् । राजापाक्षेविरुद्ध देशव्यापी प्रदर्शन भैरहेको समयमा उनले इमेलमार्फत राजीनामा दिएका हुन् । 

गोटाबायाले ईमेलमार्फत आफ्नो राजीनामा सभामुखलाई पठाएका छन् । सभामुखका अनुसार वैधानिक प्रक्रिया पूरा गरेर यसको घोषणा गरिनेछ । 

राजधानी कोलम्बोमा हर्षित प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामाको खबरलाई स्वागत गरेका छन् । 

बुधबार भागेर माल्दिभ्स पुगेका उनी अहिले सिंगापुरमा छन् । उनले गिरफ्तारीबाट बच्न पद छोड्नुभन्दा पहिले देश छोडेको बताइएको छ । 

सिंगापुरले गोटाबायाको भ्रमण निजी रहेको र शरण नदिएको जनाएको छ । 

आन्दोलनकारीले आफ्नो निवास कब्जा गरेपछि देशभित्रै लुकेर बसेका राजापाक्षे बुधबार माल्दिभ्स पुगेका थिए । त्यहाँ उनी एक दिन बसेर सिंगापुर उडेका हुन् । 

उनले देश छोडेपछि राष्ट्रपतिको जिम्मेवारी प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई दिइएको छ । उनको पनि राजीनामा माग गर्दै प्रदर्शन जारी छ ।

Leave A Reply

Your email address will not be published.