जसपा दोस्रो पटक विधिवतरुपमा फुट्दै

0

काठमाडौं : जनता समाजवादी पार्टी जसपा दोस्रो पटक विधिवत रुपमा फुट्ने भएको छ । 

जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरु नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन् । 

जसपाको उपेन्द्र यादव निकट पक्षको वीरगञ्जमा भएको भएकाले संघीय परिषद्का अध्यक्ष भट्टराईलाई कारबाही गर्ने निर्णय गरेपछि नयाँ दल खोल्ने निस्कर्षमा असन्तुष्ट पक्ष पुगेको हो । 

पार्टीको नाम, चुनाव चिह्न, झण्डा र घोषणापत्र बाबुराम निकट नेताको आज हुने छलफलले टुंगो लगाउने बताइएको छ । 

जसपाको ३४ सदस्यीय कार्याकारिणी समितिमा भट्टराईको पक्षमा हिसिला यमी, महेन्द्र यादव, रमेश यादव, डम्मर खतिवडा, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा स्वाब, भक्तबहादुर शाह उभिएका छन् । 

बाबुरामले २०७६ वैशाखमा नयाँ शक्ति पार्टी संघीय समाजवादी फोरमसँग एकता गरेका थिए । 

जसपा अध्यक्ष यादव र भट्टराईबीच विवाद उत्कर्षमा पुग्दा उनले फेरि नयाँ बाटो समाउनुपर्ने अवस्था आएको हो ।

Leave A Reply

Your email address will not be published.