उपसभामुखका लागि निर्वाचन आज, दुई उम्मेदवार प्रतिस्पर्धामा

0

काठमाडौं : प्रतिनिधिसभाको उपसभामुखका लागि शुक्रबार निर्वाचन हुँदैछ । 

अपराह्न तीन बजे प्रतिनिधिसभामा उपसभामुखको चुनाव गर्ने कार्यतालिका छ । 

रिक्त भएको २९ महिनापछि पदपूर्ति हुन लागेको हो । उपसभामुखका लागि दुईजनाको उम्मेदवारी परेको छ । 

सत्तारूढ गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाललाई उठाएको छ । 

प्रमुख प्रतिपक्षी नेकपा एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । 

भुसाल यसअघि तत्कालीन सत्ता गठबन्धनबाट उम्मेवार बनेकी डा.शिवमाया तुम्बाहाङ्फेसँग पराजित भएकी थिइन् । 

अर्की उम्मेदवार भट्टराई भने उपनिर्वाचन २०७६ मा कास्की–२ बाट निर्वाचित भएकी हुन् । 

संसद बैठकमा शुक्रबार दुबै उम्मेदवारका प्रस्तावकले दाबी प्रस्तुत गर्नेछन् र समर्थकका तर्फबाट पनि वक्तव्य दिनेछन् । 

छलफल सकिएपछि दर्ता क्रमअनुसार निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई मत विभाजनसहितको प्रक्रियामा अघि बढाइनेछ । 

पहिलो प्रस्तावको पक्षमा नै बहुमत पुगेमा दोस्रो प्रस्तावलाई निर्णयार्थ पेश गरिने छैन । 

सत्ता गठबन्धनको साथ रहेका कारण भुसालको प्रस्तावका पक्षमा सहज बहुमत पुग्ने देखिन्छ । 

२०७६ माघ ६ गते तत्कालीन उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएपछि पद रिक्त छ ।

Leave A Reply

Your email address will not be published.