सिकागोमा गोली चल्दा ६ जनाको मृत्यु, २२ वर्षीय संदिग्ध पक्राउ

0

एजेन्सी : अमेरिकाको सिकागोमा स्वतन्त्रता दिवसको अवसरमा आयोजित परेडका क्रममा गोली चल्दा ६ जनाको मृत्यु भएको छ ।

एक जना युवकले अन्धाधुन्ध गोली चलाउँदा उनीहरुको मृत्यु भएको हो । आक्रमणमा कम्तीमा २४ जना घाइते भएका छन् ।

अमेरिकाभर २ सय ४६ औँ स्वतन्त्रता दिवस मनाइरहँदा नजिकैको भवनबाट गोलीबारी भएको हो ।

प्रहरीले घटनामा संलग्न भएको अभियोगमा २२ वर्षीय रोबर्ट इ क्रिमोलाई पक्राउ गरेको छ ।

रोबर्टले एक घरको माथिल्लो तल्लाबाट ‘हाइ पावर्ड राइफल’ को प्रयोग गरेर गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

परेड शुरु भएको केही मिनेटमा नै उनले गोली चलाउन शुरु गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सिकागोको घटनामा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू ‘स्तब्ध’ भएको बताएका छन् ।

पछिल्लो समय अमेरिकामा हरेक हप्ता सार्वजनिक स्थानमा गोली चल्ने क्रम बढेको छ ।

आक्रमणका घटना बढेपछि बन्दुक राख्न पाउने अधिकार कटौतीको माग हुँदै प्रदर्शन समेत हुँदै आएका छन् ।

Leave A Reply

Your email address will not be published.