बाबुरामले बोलाए समानान्तर केन्द्रीय समितिको विस्तारित बैठक, नयाँ पार्टी दर्ताको तयारी ?

0

काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक आह्वान गरेका छन् ।

अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जमा २७–२८ गते केन्द्रिय कार्याकारिणी समितिको बैठक बोलाएकै दिनमा भट्टराईले केन्द्रिय समितिको विस्तारित बैठक बोलाएका हुन् ।

पार्टीका पछिल्लो अवस्थाका बारेमा छलफल गरी निष्कर्षमा पुग्नका लागि केन्द्रीय समितिको विस्तारित बैठक बोलाइएको बताइएको छ । 

केन्द्रीय समितिमा रहेका सबै सदस्यलाई सो बैठकमा उपस्थित हुन लागि निमन्त्रणा गरिएको छ । 

आन्तरिक कलहमा होमिइरहेको बेला अध्यक्ष यादवले तीनजना मन्त्रीलाई फिर्ता बोलाएर तीन जना मन्त्रीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनाए पछि जसपा नेपाल थप विवादमा भइरहेको बेला अध्यक्ष भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् ।

बैठकमा उपस्थित संख्या हेरेर पार्टी औपचारिक विभाजन गर्ने, निर्वाचन आयोगमार्फत नयाँ दल दर्ता वा पहिला नै दर्ता दललाई निरन्तरताको प्रक्रिया शुरु गर्ने भट्टराईको तयारी छ ।

Leave A Reply

Your email address will not be published.