डेनमार्कको एक सपिङमलमा बन्दुकधारीको आक्रमणबाट ३ जनाको मृत्यु

0

एजेन्सी : डेनमार्कको कोपनहेगनस्थित एक सपिङ मलमा बन्दुकधारीले गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको छ । आक्रमणबाट मृत्यु हुनेमा एक जना ४० वर्षीय पुरुष र अन्य दुई जना युवा रहेको बताइएको छ ।

गोली लागेर थप तीन जना गम्भिर घाइते भएका छन् । घाइतेको अवस्था गम्भिर रहेको छ । दक्षिण कोपनहेगनस्थित फिल्ड्स मलमा आक्रमण गर्ने २२ बर्षिय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आक्रमणका शंकास्पदलाई पक्राउ गर्दा उनको हातमा राइफल र गोलाबारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका युवकसँग आज न्यायाधीशले सोधपुछको गर्ने बताइएको छ ।

आक्रमणको कारण खुलेको छैन । प्रहरीले आक्रमणलाई आतंकवादी कार्यको संज्ञा दिएको छ ।

प्रधानमन्त्री मेट फ्रेड्रिकसेनले डेनमार्कले क्रुर आक्रमण भोगेको प्रतिक्रिया दिएका छन् । डेनमार्ककी रानी मार्गरेट, युवराज फ्रेड्रिक र युवराज मेरीले संयुक्त वक्तव्य जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

छिमेकी राष्ट्रका नेताहरूले गोलाबारीबारे चिन्ता र पीडितका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

आक्रमणपछि बेलायती गायक ह्यारी स्टाइल्सको कन्सर्ट रद्द गरिएको छ । डेनमार्कको शाही परिवारले युवराज फ्रेड्रिकले आयोजना गर्ने भनिएको एक भोज पनि रद्द भएको छ ।

Leave A Reply

Your email address will not be published.