कात्तिक अन्तिममा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव गर्नेगरी प्रस्ताव गर्दै आयोग

0

काठमाडौं : निर्वाचन आयोगले कात्तिकको अन्तिममा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव गर्नेगरी सरकारलाई प्रस्ताव गर्ने तयारी गरेको छ ।

केही दिनमै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति प्रस्ताव गर्ने कसरतमा आयोग लागेको हो ।

निर्वाचनको १ सय २० दिन अर्थात चार महिना अघि मिति घोषणा हुनुपर्ने आयोगको भनाइ छ ।

आयोगले असार मसान्तभित्र सरकारबाट निर्वाचनको मिति घोषणाको अपेक्षा गरेको छ ।

एक सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा चुनाव गर्ने आयोगको तयारी छ ।

एकै चरणमा चुनावको लागि कात्तिक ३० गतेको मिति उपयुक्त हुने आयोगको निष्कर्ष छ ।

दुई चरणमा निर्वाचन गर्दा बढी खर्च हुने भएकाले आयोगले एकै चरणमा गर्नुपर्ने निष्कर्षमा आयोग छ ।

निर्वाचनलाई लक्षित गरेर अहिले आयोगले मतदाता नामावली संकलन गरिरहेको छ । आयोगले केही दिनअघि सुरक्षा निकायका प्रमुखहरुसँग पनि निर्वाचन तयारीबारे छलफल गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.