मन्त्रिपरिषद् पुनर्गठनको तयारी, जसपाद्वारा ३ नयाँ मन्त्रीको नाम सिफारिस

0

काठमाडौं : सत्तारूढ जनता समाजवादी पार्टी जसपाले नयाँ मन्त्रीको नाम सिफारिस गरेपछि प्रधानमन्त्री देउवाले आज मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् ।

जसपाले मोहम्मद इस्तियाक राईलाई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादवलाई वन तथा वातावरण मन्त्री बनाउन सिफारिस गरेको छ । राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंहलाई कृषि मन्त्रीको रुमा सिफारिस गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।

जसपाले कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको हो ।

केही दिन पहिले एकीकृत समाजवादीको तर्फबाट मन्त्री हेरफेर भएका थिए ।

Leave A Reply

Your email address will not be published.