श्रीलंकामा इन्धन सकियो, एक दिनका लागि पुग्ने इन्धन मात्र बाँकी

0

एजेन्सी : श्रीलंकाका ऊर्जा मन्त्री कञ्चना विजेसेकेराले देशमा इन्धन सकिएको बताएका छन् । अब एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको उनको भनाइ छ ।

जुलाई २२ तारिखअघि कुनै पनि नयाँ आपूर्तिले तेल पठाउने आश्वासन नदिएको मन्त्री विजेसेकेराले जानकारी दिएका छन् ।

श्रीलंकामा पेट्रोल भण्डार झन्डै चार हजार टन रहेको र यसले एक दिनको माग पनि धान्न नसक्ने बताइएको छ । बैंक तथा कार्यालय पुनः खोलिँदा स्थिति खराब हुने अनुमानसहित श्रीलंकाका धेरैजसो पेट्रोल पम्प आइतबारदेखि नै बन्द छन् ।

देशमा आर्थिक संकट थप जटिल बन्दै जाँदा सार्वजनिक यातायात इन्धन अभावका कारण ठप्प भएको छ । तेलको खोजीमा राजधानीका धेरै ठाउँमा नागरिकको लामो लाइन लाग्ने गरेको छ ।

गत हप्ता, नगद अभावको कारण श्रीलंकाले पेट्रोल र डिजल बचत गर्न आवश्यक सेवाबाहेक सबै क्षेत्रका लागि इन्धन बिक्री दुई हप्ता रोक्ने घोषणा गरेको थियो । श्रीलंका पछिल्लो समय खराब आर्थिक संकटमा गुज्रिएको छ ।

Leave A Reply

Your email address will not be published.