चीनले हङकङलाई आफ्नो अधिनमा ल्याएको २५ वर्ष पूरा

0

एजेन्सी : चीनले हङकङलाई आफ्नो अधिनमा ल्याएको शुक्रबार २५ वर्ष पूरा भएको छ । बेलायतले ९९ वर्षसम्म आफु मातहत राखेको हङकङ सन् १९९७ मा चीनले पुनः अधिनमा ल्याएको थियो ।

चीन मातहत आएको दिनको स्मरणमा हङकङमा शुक्रबार रजत महोत्सव कार्यक्रम हुँदैछ । कार्यक्रममा सहभागी हुन चिनिया राष्ट्रपति सी बिहीबार नै द्रुत गतिको रेलबाट हङकङ पुगिसकेका छन् ।

उनले सार्वजनिक सम्बोधन गर्नसक्ने अनुमान गरिएको छ । कोरोना महामारी फैलिएपछि मुख्य भूमि चीन बाहिर सी को पहिलो यात्रा हो । शुक्रबार साँझ भिक्टोरिया हार्वरमा भब्य आतिसबाजी कार्यक्रम राखिएको छ ।

शुक्रबारै हङकङकी निवर्तमान प्रमुख कार्यकारी अधिकारी क्यारी लामवाट पूर्व सुरक्षा प्रमुख जोन लीले प्रमुख कार्यकारीको पदभार ग्रहण गर्ने कार्यक्रम छ । चीन विरोधीहरुलाई विशेष निगरानी राखिएको छ ।

बेलायतबाट फिर्ता पाएपछि चीनले हङकङमा विस्तारै आफ्नो पकड कसिलो बनाउँदै लगेको छ । स्वतन्त्रता कुन्ठित पारेको भन्दै हुने गरेका विरोधमा सहभागीलाई दमन गर्ने गरिएको छ ।

विवादास्पद राष्ट्रिय सुरक्षा कानुन लागू भएको दुई वर्षमा हङकङमा प्रजातन्त्र पक्षधरलाई कडा कारबाही गरिदै आएको छ ।

Leave A Reply

Your email address will not be published.