केयुकेएल र ट्यांकरले वितरण गर्ने पानीमा हैजाको जीवाणु

0

काठमाडौं : काठमाडौं उपत्यकामा वितरण हुँदै आएको खानेपानी सिधै पिउनयोग्य नरहेको भेटिएको छ । 

टयांकर र काठमाडौं उपत्यका खानेपानी लिमिटेड ‘केयुकेएल’ले वितरण गर्दै आएको खानेपानीमा हैजा र झाडापखालाको जीवाणु भेटिएको हो । 

पानीको जार पुनः प्रयोग हुँदा राम्ररी सफा नगरिएका कारण त्यसमा पनि जीवाणु फेला परेको छ । 

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले बागबजार, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, बल्खु, चन्द्रागिरिलगायत ठाउँका पानीको नमुना परीक्षण गर्दा पानी सिधै पिउन योग्य नरहेको भेटिएको जनाएको छ । 

कार्यालयले केयुकेएललाई पानी शुद्ध पार्न प्रयोग गरिने क्लोरिनको मात्रा बढाउन निर्देशन समेत दिएको छ । 

नमुना परीक्षणमा हानिकारक जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले केही दिनदेखि अनुगमनलाई तिव्रता दिएको छ । 

काठमाडौं उपत्यकामा हालसम्म १४ जनालाई हैजा पुष्टि भइसकेको छ । बेलैमा सावधानी नअपनाए अवस्था भयावह बन्ने स्वास्थ्यकर्मीको चेतावनी छ । 

जार तथा बोतलको पानी पनि उमालेर मात्रै पिउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.