काठमाडौं महानगरभित्रका क्षेत्रमा भिख माग्न निषेध

0

काठमाडौं : काठमाडौं महानगरभित्रका क्षेत्रमा भिख माग्न निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले सार्वजनिक सुचना प्रकाशित गरेर महानगर क्षेत्रभित्रका माग्न निषेध गरिएको जानकारी दिएको हो । 

नगरका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भिख माग्नेलाई कारवाही गरिने महानगरको सूचनामा उल्लेख छ । 

बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम र ज्याला दिइ भिख माग्न र माग्न दुरुत्साहन नगर्न नगराउन महानगरले आग्रह गरेको हो । 

दश दिनभित्र सूचनाको उल्लंघन गर्दै भिख मागेमा कानुन अनुसार कारबाही गर्ने महानगरले जनाएको हो । असहाय, बिरामी, बेवारिसे, अशक्त लगायतले पनि सडकमा भिख माग्न नपाउने महानगरको सूचनामा उल्लेख छ । 

सडकमा रहेका व्यक्तिका लागि काठमाडौं महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गरिने महामनगरको भनाइ छ । आश्रमको सेवा आवश्यक परेमा महानगर वा आश्रममा सम्पर्क गर्न पनि सूचनामा अनुरोध गरिएको छ । 

सूचनामा साधु, सन्त, जोगी वा भिक्षुलाई सनातनदेखि चली आएको परम्परअनुसार घर घरमा पुगी भिक्षा माग्न वा धार्मिक तथा सांस्कृतिक कार्यका लागि भिक्षा माग्न रोक नहुने स्पष्ट पारिएको छ ।

No description available.
Leave A Reply

Your email address will not be published.