अफगानिस्तानका भूकम्प प्रभावितका लागि राष्ट्रसंघको सहयोग

0

एजेन्सी : अफगानिस्तानका भूकम्प प्रभावितका लागि संयुक्त राष्ट्रसंघले एक करोड अमेरिकी डलर विनियोजन गरेको छ । 

राष्ट्रसंघको केन्द्रीय आपतकालीन प्रतिक्रिया कोष यूएनसीईआरएफले भूकम्पबाट प्रभावित अफगानिस्तानी जनतालाई सहयोग गर्न सो रकम विनियोजन गरेको हो । 

भूकम्पका कारण प्रभावित मुलुकमा आवश्यक सहयोगका लागि तत्काल उक्त सहयोग पठाउन लागिएको राष्ट्रसंघको मानवीय मामिला तथा आकस्मिक उद्धार संयोजक तथा उप–महासचिवले मार्टिन ग्रिफिथ्सले बताएका छनु । 

अघिल्लो बुधबार राजधानी शहर काबुललगायत अफगानिस्तानका केही भागहरूमा पाँच दशमलब नौ म्याग्निच्यूडको भूकम्प गएको थियो । 

भूकम्पमा परी पाक्तिका प्रान्तका बारमल र गियान जिल्लाह र खोस्ट प्रान्तको स्पेरा जिल्लामा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको अनुमान छ । 

करिब एक हजार ५०० गम्भीर रूपमा घाइते भएका छन् । भूकम्पमा परी १० हजार भन्दा बढी घरहरू भत्किएका छन् ।

Leave A Reply

Your email address will not be published.