मनसुनी वायुको प्रभाव : देशका अधिकांश स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह

0

काठमाडौं : मनसुनी वायुको प्रभावका कारण सोमबार प्रदेश एक लगायत अधिकांश प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

मौसम पूर्वानुमान महाशाखाले पहाडी भू–भागका धेरै स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना औंल्याएको छ । 

प्रदेश नं १ तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार राती पनि देशभर सामान्य देखि पुर्ण बदली रहनेछ ।

पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सचेतना अपनाउन विभागले आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.