नेपालका लागि अमेरिकी राजदूत बेरी फिर्ता जाँदै

0

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी फिर्ता जाने भएका छन् । 

बेरीलाई नामिबियाको राजदूतमा नियुक्त गरेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो प्रशासनका महत्वपूर्ण नियुक्ति तथा मनोनयन गर्ने क्रममा बेरीलाई नामिबियाको राजदूतमा नियुक्त गरेको ह्वाइट हाउसले जनाएको छ ।

त्यस्तै नेपालस्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख मानुअल पी मिकलर ताजिकिस्तानका लागि राजदूतामा नियुक्त भएका छन् ।

दुबै जनालाई अन्य मुलुकमा राजदूतका लागि नियुक्त गरे पनि नेपालका लागि उक्त जिम्मेवारीमा कसलाई पठाइन्छ भन्ने विषयमा उल्लेख गरिएको छैन ।

Leave A Reply

Your email address will not be published.