अग्निपथ योजनाको विरोधमा भारत बन्द

0

एजेन्सी : सरकारले ल्याएको अग्निपथ योजनाको विरोधमा आज भारत बन्द गरिएको छ । अग्निपथ योजनाको विरोधमा विभिन्न राज्यमा हिंसात्मक प्रदर्शन भएको छ ।

सरकारले ल्याएको योजना अन्यायपुर्ण र अव्यवहारिक भएकाले फिर्ता हुनुपर्ने माग प्रदर्शनकारीको छ । रक्षा खर्च कटौती गर्ने बहानामा सरकारले लाखौँ युवाको अवसर खोसेको आन्दोलनकारीले बताउँदै आएका छन् ।

योजनाको विरोधमा प्रदर्शन गरिरहेका युवाहरुले दर्जनौँ सवारी साधन र रेलमा आगजनी गरेका छन् । बिहारमा दुई सय ५० रेलले आफ्नो सेवा रद्द गरेका छन् । २० जिल्लामा इन्टरनेट सेवा बन्द छ ।

झारखण्डमास्कुलहरू बन्द गरिएका छन भने कक्षा नौ र एघार को चलिरहेको परीक्षा पनि स्थगित गरिएका छन् ।

योजनामा भारतका १७ देखि साढे २१ वर्ष उमेर समूहका युवा–युवतीहरूलाई जल, स्थल र वायु गरी तीन ओटै सैन्य सेवामा जवान पदमा चार वर्षको अल्पकालीन करारमा भर्ना गरिने उल्लेख छ ।

योजनाअनुसार सैनिक सेवामा प्रवेश गरेका ७५ प्रतिशत युवाले चार वर्षमै अवकाश पाउने छन् ।

यसैबीच भारतीय रक्षा मन्त्रालय र सेनाले ‘अग्निपथ’ योजना फिर्ता नहुने प्रष्ट पारेको छ । रक्षा मन्त्रालय र सेनाले सो योजना लामो समयको अध्ययनपछि ल्याइएकाले पुनर्विचार नहुने जनाएको हो ।

जुन २४ बाट योजनाअन्तर्गत ‘अग्निवीर’ सैनिक भर्ना प्रक्रिया प्रारम्भ हुने र आगामी डिसेम्बरमा पहिलो ब्याच तयार हुने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.