तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै नेकपा बहुमतले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

0

काठमाडौं : नेकपा बहुमतका नेता र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा तीन बुँदे सहमति कार्यान्वयनका विषयमा सोमबार गम्भीर छलफल भएको सो पार्टीले जनाएको छ ।

जेलमा रहेका कार्यकर्ता छाडनुपर्ने,मुद्दा खारेज गर्नुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएको पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले जानकारी दिएका छन् ।

ज्ञापन–पत्र बुझाउँदै आफूहरूले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाइएको समयमा पक्राउ गरेर अझै पनि प्रहरीको नियन्त्रणमा रहेका करिब चार दर्जन नेता कार्यकर्ता छोड्न आग्रह गरेको बास्तोलाले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले जतिसक्दो चाँडै आफ्ना नेता तथा कार्यकर्तालाई छोड्ने प्रतिबद्धता जनाएको बास्तोलाले बतए ।

Leave A Reply

Your email address will not be published.