काठमाडौंमा २ जनामा हैजा देखिएपछि सतर्कता अपनाउन सरकारको आग्रह

0

काठमाडौं : राजधानीमा दुई जनामा हैजा देखिएपछि सरकारले स्वास्थ्य सतकर्ता अपनाउन आग्रह गरेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा भर्ना भएका अठार र तेइस वर्षीय बिरामीमा हैजा पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले सतकर्ता अपनाउन आग्रह गरेको छ ।

दुई विरामीले खाएको पानी उपत्यकाका अन्य पानी वा खाद्यान्न अरूले पनि खाएका हुनाले परीक्षण नभएका विरामीको संख्या अरुपनि हुनसक्ने अनुमान छ ।

राजधानीमा केही दिनदेखि थुप्रिएका फोहोरले समेत हैजा फैल्याउन भूमिका खेलेको स्वास्थ्यकर्मीको अनुमान छ ।

मन्त्रालयले उपत्यकाका सबैलाई सतर्क रहन र हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न अनुरोध गरेको छ ।

झाडापखालाजस्तो देखिने यो रोग केही गम्भीर प्रकृतिको हुने भएकाले सफा पानी मात्रै पिउन मन्त्रालयले आग्रह गरेको हो ।

हैजाका दश जना बिरामीमध्ये एक जनालाई कडा किसिमको संक्रमण हुने गरेको तथ्यांक छ ।

कडा किसिमको रोग लागेका व्यक्तिले समयमै उपचार नपाएको अवस्थामा मृत्युको जोखिम उच्च हुने स्वास्थ्यकर्मीले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.