युद्धमा युक्रेनलाई समर्थन जनाउन चार युरोपेली शीर्ष नेता किभमा

0

एजेन्सी : रुसविरुद्धको युद्धमा युक्रेनलाई समर्थन जनाउन युरोपका चार शीर्ष नेता युक्रेनको राजधानी किभ पुगेका छन् ।

फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोंन, जर्मन चान्सलर ओलाफ स्कोल्ज, इटालीका प्रधानमन्त्री मारियो ड्राघी र रोमानियाका राष्ट्रपति क्लाउस इओहानिस किभ पुगेका हुन् ।

रुसी आक्रमण शुरु भएपछि पहिलोपटक युक्रेन पुगेका उनीहरूले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका छन् ।

भेटमा जेलेन्स्कीले रुसविरुद्ध थप कडा प्रतिबन्धहरू लागू गरी दबाब बढाउन आग्रह गरेका छन् ।

फ्रान्स, जर्मनी र इटालीका नेताहरू पोल्यान्डबाट विशेष रेल चढेर किभ पुगेका हुन् । किभ पुग्नुअघि तीनै जना नेताले युक्रेनको इर्पिन भ्रमण गरेका छन । किभबाट केही माइलको दूरीमा पर्ने इर्पिनमा रुसी फौजले भयानक आक्रमण गरेको थियो ।

युक्रेनले युरोपेली संघ ईयूमा को सदस्य बन्ने तयारी गरिरहेका बेला संघका प्रभावशाली देशका नेताहरू किभ पुगेका हुन । किभ उत्रेलगत्तै पत्रकारहरूसँग कुरा गर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंनले नरसंहार भएको युद्धस्थलमा जाने बताएका छन ।

किभ नजिकैका सहरहरूमा जारी रुसी अत्याचारलाई म्याक्रोंनले ‘युद्ध अपराध’ को संज्ञा दिएका छन् ।

युक्रेनले उत्तर एट्लान्टिक सन्धि संगठन नेटोको सदस्यता लिने तयारी गरेपछि रुष्ट बनेको रुसले फेब्रुअरी २४ मा आक्रमण शुरु गरेको हो । त्यसयता १५ हजार युद्ध अपराधका घटना भएका युक्रेनी अधिकारीको दाबी छ ।

Leave A Reply

Your email address will not be published.