एसपीपी नेपालको हितमा छैन, अघि बढ्दैन : परराष्ट्रमन्त्री खड्का

0

काठमाडौं : परराष्ट्रमन्त्री नारायण खड्काले स्टेट पार्टनरशीप प्रोग्राम ‘एसपीपी’ को विषय अन्त्य भइसकेको बताएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले एसपीपीको विषय अन्त्य भइसकेकाले खोतलखातल गर्न जरुरी नभएको बताएका हुन् ।

एउटै विषयलाई कोट्याउँदा नेपालको हितमा नहुने मन्त्री खड्काको भनाइ थियो । उनले नेपालको हितमा नभएकाले अघि नबढने बताए ।

प्रधानमन्त्रीको तहबाट अघि बढ्दैन भनेपछि खोतल्न आवश्यक नभएको मन्त्री खड्काको भनाइ छ । नेपाली सेना र अमेरिकी दुतावासबाट यसबारे विज्ञप्ति आइसकेको भन्दै यसबारे थप चर्चा नगर्न समितिलाई मन्त्री खड्काले आग्रह गरे ।

नेपाल कुनैपनि सामरिक वा सैन्य नीतिमा नजाने पनि उनको भनाइ छ । बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले चिठी लेख्दैमा कुनै पनि सैन्य गठबन्धन नहुने बताए ।

‘एसपीपी’ प्रस्तावका विषयमा समितिले मन्त्री खड्का र सेनापति शर्मा लगायतसँग छलफल गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.