अमेरिकाले भन्यो : नेपालले एसपीपी नलिन पाउँछ

0

काठमाडौं : नेपालमा एसपीपीको विरोध भएपछि अमेरिकी दूतावासले एसपीपीमा सहभागी हुन नचाहे नेपालले पत्राचारमार्फत रद्द गर्न सक्ने बताएको छ ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासका उपप्रमुख मानुएल पी. मिकलरले यस्तो विकल्पबारे सुझाएका हुन् । उनले भनेका छन्, ‘कुनै देशले अमेरिकालाई उनीहरू अब कार्यक्रम (एसपीपी) मा भाग लिन चाहदैनन् भनी जानकारी दिन सक्छ । एसपीपी कार्यक्रममा रहेका लगभग ९० देशमध्ये बेलारुसले मात्र कार्यक्रममा आफ्नो सहभागिता समाप्त गरेको छ ।

बुधबार पत्रकारहरुसँगको भेटमा उनले सन् २०१५ मा नेपालले कार्यक्रममा सहभागी हुन पहिलो पटक र २०१७ मा पुनः कार्यक्रममा सहभागी हुन दोस्रो पटक अनुरोध गरेको जानकारी दिएका थिए । उनका अनुसार सन् २०१९ मा अमेरिकाले नेपालको सहभागिता सुनिश्चित गरेको थियो ।

यसरी तीन पटक पत्र आदन प्रदान भएको सार्वजनिक भएको भोलिपल्टै एसपीपीबारे २०१५ को पत्र सार्वजनिक भएको छ । २०१७ र २०१९ को पत्र भने सार्वजनिक गरेको छैन ।

Leave A Reply

Your email address will not be published.