अमेरिकामा ३० वर्षयताकै सबैभन्दा बढी ब्याजदर कायम

0

एजेन्सी : अमेरिकाको केन्द्रीय बैंकले विगत तीस वर्षमा पहिलो पटक उच्च ब्याजदर बढाउने घोषणा गरेको छ ।

फेडरल रिजर्भ बैंकले आगामी तीन वटा क्वार्टरमा एक दशमलव पाँच देखि एक दशमलव ७५ सम्मले ब्याजदर बढाउने घोषणा गरेको हो । सन् १९९४ पछि यति उच्च दरमा ब्याजदर बढाइएको पहिलो पटक हो ।

गत महिना अप्रत्याशित रूपमा अमेरिकामा मुद्रास्फीति बढेपछि केन्द्रीय बैंकको मार्च यताको यो तेस्रो यस्तो वृद्धि हो ।

नयाँ ब्याजदरले अमेरिकामा महंगी बढ्ने र उत्पादन क्षेत्र खुम्चिने चेतावनी अर्थविदले दिएका छन ।

चालु आर्थिक बर्षको अन्त्यसम्ममा केन्द्रीय बैंकबाट सापटी लिंदा ३ दशमलव ४ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने अवस्था आउने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यसले सर्वसाधारण पाउने ऋणको ब्याज पनि बढाउने देखिएको छ ।

पछिल्लो समय बेलायत, ब्राजिल, क्यानाडा र अस्ट्रेलियाले पनि ब्याजदर बढाएका छन् ।

त्यसको अर्थ आर्थिक व्यवस्था प्रभावित भएको छ । युरोपेली केन्द्रीय ब्याङ्कले पनि यसपालिको गर्मीयामपछि व्याजदर बढाउने तयारी गरेको छ ।

Leave A Reply

Your email address will not be published.