प्रदेश १ ले ल्यायो ३९ अर्ब ८३ करोडको बजेट

0

काठमाडौं : प्रदेश नं १ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि वार्षिक बजेट पेश गरेको छ ।

बुधबार प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले कुल ३९ अर्ब ८३ करोड ८३ लाख रुपैयाँको बजेट पेश गरेका हुन् ।

उनले त्यसका लागि स्थानीय तहमा वित्तीय हस्तान्तरणबाट प्राप्त हुने ३ अर्ब १५ करोड १५ लाख रुपैयाँ, संघीय अनुदान बचत फिर्ता २ अर्बै रुपैयाँ रहेको बताए ।

आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च स्रोतमध्ये प्रदेशको आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट ११ अर्ब ८८ करोड २४ लाख रुपैयाँ, संघबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान ९ अर्ब ८२ लाख रुपैयाँ, ससर्त अनुदानमा ८ अर्ब ६९ करोड ५९ लाख रुपैयाँ, समपुरक अनुदान ९२ करोड रुपैयाँ, विशेष अनुदान ४७ करोड ५० लाख रुपैयाँ गरी राजस्व तथा वित्तीय अनुदानबाट ३५ लाख ९६ करोड ६० लाख खर्च व्यहोरिनेछ । बाँकी अपुग रकम नगद मौज्दातबाट ९१ करोड ५५ लाख रुपैयाँ र वैदेशिक अनुदानबाट २५ करोड रुपैयाँ व्यहोरिनेछ ।

Leave A Reply

Your email address will not be published.