एमालेले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

0

काठमाडौं : नेकपा एमालेले पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिलाई बिहीबारबाट प्रशिक्षण दिँदैछ ।

एमालेले राष्ट्रिय सभागृह काठमाडौंमा दुई दिन प्रशिक्षण आयोजना गरेको हो । स्कुल विभागले आयोजना गरेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको एमाले अध्यक्ष केपी ओलीले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रशिक्षणमा स्थानीय तहमा निर्वाचित भएका पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष सहभागी हुनेछन् ।

उनीहरुलाई एमाले अध्यक्ष ओलीसहितका नेताहरुले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने तालिका छ ।

एमालेले २ सय पाच प्रमुख तथा अध्यक्ष र दुई सय चालिस उपप्रमुख र उपाध्यक्षमा चुनाव जितेको छ ।

Leave A Reply

Your email address will not be published.