ताइवानले स्वतन्त्रताको घोषणा गरे युद्ध शुरु गर्ने चीनको चेतावनी

0

एजेन्सी : ताइवान स्वतन्त्रताको घोषणा गरे आफूहरुले ताइवानमाथि युद्ध शुरु गर्ने चीनले चोतावनी दिएको छ ।

चिनियाँ रक्षा मन्त्रीले अमेरिकी समकक्षीसँग शुक्रबार पहिलोपटक भएको प्रत्यक्ष वार्तामा चेतावनी दिँदै चीनले ताइवानविरूद्ध युद्ध घोषणा गर्न सक्ने बताएका हुन् ।

ताइवान स्वतन्त्रताको बहानामा हुने चीनविरोधी षड्यन्त्रलाई नष्ट गर्ने र मातृभूमिको एकीकरणलाई दृढतापूर्वक समर्थन गर्ने प्रतिज्ञा गरिएको चिनियाँ रक्षा मन्त्रालयले उल्लेख गरेको छ ।

ताइवान चिनियाँ भूमि भएको जोड दिँदै चीनविरूद्ध ताइवानको प्रयोग कहिल्यै विजयी हुन नसक्ने मन्त्रालयले बताएको छ ।

Leave A Reply

Your email address will not be published.