मिटर ब्याजसम्बन्धी गतिविधिहरू भएको सूचना पाएमा जानकारी गराउन गृह मन्त्रालयको आग्रह

0

काठमाडौं : गृह मन्त्रालयले मिटर ब्याजसम्बन्धी गतिविधिहरू भएको सूचना पाएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा जानकारी गराउन अनुरोध गरेको छ । 

मन्त्रालयले विज्ञप्ति निकालेर यस्तो अनुरोध गरेको हो । पछिल्लो समयमा विभिन्न पत्रपत्रिका, सञ्चारमाध्यम, सामाजिक सञ्जालमा प्रकाशित मिटर ब्याजसम्बन्धी समाचारहरूप्रति ध्यानाकर्षण भएको भन्दै जानकारी गराउन मन्त्रालयले आग्रह गरेको हो । 

मिटर ब्याजमा रकम उपलब्ध गराउने र त्यसबापत कानुन विपरीत ठूलो रकम ब्याज असुल गर्ने, सम्पत्ति कब्जा गर्ने, यौनशोषण गर्ने एवम् शारीरिक र मानसिक रूपमा यातना दिने लगायतका प्रकाशित समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । 

मिटर ब्याज कारोबारमा सग्लनलाई पक्राउ गर्न प्रधानमन्त्री शेरबहादुर देउवालले समेत गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका छन् । 

संसदमा समेत यो विषयमा कुरा उठेको छ । प्रहरीले भने सुरूमा सहमतिमै गैरकानुनी लेनदेन गर्ने र पछि व्यवहार बिग्रेपछि उजुरी गर्न आउने प्रवृत्ति बढेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.