राजधानीमा थुप्रिएको सबै फोहोर १० दिनभित्र उठाइने

0

काठमाडौं : काठमाडौंको सडक गल्लीमा थुप्रिएको सबै फोहोर १० दिनभित्र उठाइने भएको छ । 

काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागले शुक्रबार १ सय ५३ र शनिबार करिब २ सय ५० ट्रक फोहोर बन्चरे ल्यान्डफिल साइटमा व्यवस्थापन गरेको छ । 

अब दैनिक करिब ३ सय ट्रिपर फोहोर विसर्जन गर्ने काठमाडौं महामगरपालिकाले जनाएको छ । 

शुक्रबार स्थानीय र कामपाबीच १८ बुँदे सहमति भए लगत्तै सडकमा थुप्रिएको फोहोर ल्यान्डफिल साइटमा लैजान थालिएको हो । 

मौसमले साथ दिएमा अबको १० दिनभित्र उपत्यकाको सबै सडकमा थपिएको फोहोर ल्यान्डफिल साइटमा व्यवस्थापन गरिसक्ने महानगरको दाबी छ । 

कामपाले स्थानीयसँग सम्झौता भए लगत्तै सबै वडा कार्यालयलाई तत्काल फोहोर उठाउने व्यवस्था गर्न निर्देशन दिएको थियो ।

Leave A Reply

Your email address will not be published.