रुसले युक्रेनी बन्दरगाह बन्द गर्दा दशौं लाख मानिस भोकमरीको जोखिममा

0

एजेन्सी : रुसले युक्रेनका बन्दरगाह बन्द गराउँदा दशौँ लाख मानिसले भोकमरीका कारण ज्यान गुमाउन सक्ने इटालीले चेतावनी दिएको छ ।

ब्ल्याक सी तर्फका युक्रेनी बन्दरगाह रुसले बन्द गराउदा खाद्यान्न आपूर्ति रोकिएको हो ।

इटलीका विदेशमन्त्री लुइगी दे मेयो अन्न निर्यातलाई रोक्नु भनेको दशौँ लाख बालबालिका, महिला र पुरुषहरूलाई बन्धक बनाएर मृत्युको सजाय दिनुजस्तो भएको बताएका हुन् ।

भूमध्य सागर क्षेत्रका देशहरू र विश्व खाद्य कार्यक्रमको बैठकपछि उनले आउँदा केही साताहरू कष्टपूर्ण हुने बताए ।

रुसले उसका कारण अवस्था खाद्य संकटतर्फ गइरहेको भन्ने कुरा अस्वीकार गरेको छ ।

रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले भने युक्रेनले बन्दरगाह आसपासका जलक्षेत्रमा विछ्याएका बारुदी धरापले बन्दरगाह सञ्चालनमा आउन नसकेको दाबी गरेका छन् ।

धराप हटाएमा युक्रेनको अन्न निर्यातको बिषय समाधान हुन सक्ने उनको भनाइ छ । युक्रेनी विदेशमन्त्री दिमेत्रो कुलेबाले अन्न आपूर्तिको विषयमा आफूहरूले संयुक्त राष्ट्रसंघमार्फत कुरा अगाडि बढाएको बताएका छन् ।

बन्दरगाह सहज पार्ने जुनसुकै कदमले आफ्नो सुरक्षामा असर पार्न नहुने समेत बताएका छन् । युक्रेन विश्वको एउटा प्रमुख अन्न निर्यातकर्ता देश हो ।

Leave A Reply

Your email address will not be published.