मध्य मर्स्याङ्दी आयोजनाबाट उत्पादित विद्युत पनि भारत निर्यात

0

काठमाडौं : नेपालले मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् पनि भारत निर्यात गर्न थालेको छ । 

बुधबार रातिबाट मर्स्याङ्दीसहित पाँच वटा आयोजनाबाट ३ सय १२ मेगावाट विद्युत् भारत निर्यात शुरु भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले यसअघि नै त्रिशूली, देवीघाट, कालीगण्डकी र मर्स्याङ्दी आयोजनाबाट विद्युत भारत निर्यात थालेको थियो । 

लिखु चार जलविद्युत् आयोजनाको ५२ मेगावाट विद्युत् पनि निर्यातका लागि प्रक्रिया शुरु भएको प्राधिकरणले जनाएको छ । 

बुधबार राति १२ बजेदेखि बिहीबार राति १२ बजेसम्मको लागि प्रतियुनिट औसत भारतीय छ रुपैयाँ ८८ पैसा अर्थात नेपाली ११ रुपैयाँमा विद्युत भारतलाई बिक्री गरिएको प्राधिकरणले जनाएको छ । 

निर्यात भइरहेको परिमाण र मूल्य अनुसार एकैदिन झन्डै साढे सात करोड रुपैयाँ प्राधिकरणले कमाइ गर्नेछ । 

भारतमा नेपाली बिजुलीले रातिको समयमा अधिकतम मूल्य १९ रुपैयाँ २० पैसासम्म र न्यूनतम छ रुपैयाँ २० पैसासम्म मूल्य प्राप्त गर्दै आएको प्राधिकरणले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.