अमेरिकी सैन्य जनरल चार्ल्स काठमाडौंमा

0

काठमाडौं : अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लिन मध्याह्न नेपाल आइपुगेका छन् । 

नेपाली सेनाका उच्च अधिकारीले फ्लिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दिउँसो स्वागत गरेका छन् । चारदिने भारत भ्रमण सकेर फ्लिन बिहीबार नेपाल आएका हुन् । 

उनी अमेरिकी सेनाको बिशेष विमानबाट नेपाल उत्रिएका हुन् । नेपाली सेनाका अनुसार कमान्डिङ जनरल फ्लिन चार दिन नेपालमा रहनेछन् । 

फ्लिनले शुक्रबार प्रधानसेनापति प्रभुराम शर्मासँग सैनिक मुख्यालयमा भेटवार्ता गर्ने तय भएको छ । 

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाको निकट भविष्यमा हुने अमेरिका भ्रमणअघि अमेरिकी सैन्य अधिकारीको भ्रमण भएको हो । देउवाभन्दा अघि प्रधानसेनापति शर्मा अमेरिका भ्रमणमा जाँदैछन् । 

Leave A Reply

Your email address will not be published.