बेलायती प्रधानमन्त्री जोनसनले पाए विश्वासको मत

0

एजेन्सी : बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाएका छन् । आफ्नै दलभित्र भएको विश्वासको मत परीक्षणमा उनले बहुमत पाएका हुन् । 

उनको पार्टी कञ्जरभेटिभका ३ सय ५९ जना सांसदमध्ये उनको पक्षमा २ सय ११ जना सांसदले मतदान गरेका छन् । विपक्षमा १ सय ४८ जना सांसदले भोट हालेका छन् । 

विश्वासको मत जित्नका लागि १ सय ८० मत मात्रै ल्याए पुग्नेमा उनले ५९ प्रतिशत मत पाएका हुन् । 

आफ्नै पार्टी कन्जरभेटिभका ५४ जना सांसदले माग गरेपछि जोनसनले विश्वासको मत लिएका हुन् । 

कोरोना महामारीका बेला मापदण्ड उल्लंघन गरेको र भोज आयोजना गरेको विषयमा जोनसनको आलोचना हुँदै आएको छ । 

विश्वासको मत जितेसँगै एक वर्षको लागि कन्जरभेटिभ नेतृत्वको सरकार चुनौतीबाट मुक्त भएको छ ।

Leave A Reply

Your email address will not be published.