प्रबासी नेपाली मंच बेल्जियमले पायो महिला नेत्रित्व, अध्यक्षमा चन्द्रकुमारी गुरुङ (ईशा) र सचिबमा हरी भट्टराई,

0

नेकपा एमालेको प्रबासको संगठन प्रबासी नेपाली मंच बेल्जियमको अध्यक्षमा चन्द्र कुमारी गुरुङ ( ईशा ) सर्बसम्मत निर्बाचित हुनु भएकोछ, त्यसै गरी सचिबमा अर्की महिला नेत्री हरी भट्टराईलाई चयन गरिएकोछ ।

जुन ५ आईतवार भएको अधिबेशनको बन्द शत्रमा मंचको सर्बसम्मत नेत्रित्व चयन गर्न अध्यक्ष मण्डललाई जिम्मा दिईएको थियो । संगठनको नेत्रित्वका लागि आकांक्षिहरु सँगको लामो छलफल पश्चात गुरुङको नाममा सर्बसहमती बनेको हो । सहमति अनुसार अध्यक्षमा उम्मेद्बारी घोषणा गरेका शालिकराम थपलिया र गोपाल सिंखडालाई उपाध्यक्षको जिम्मेवारि दिईएकोछ । योगेद्र बिकलाई सल्लाहकार समितिको सन्योजक जिम्मेवारी दिईएकोछ । योगेद्र बिकलाई सल्लाहकार समितिको सन्योजक बानाइने भएकोछ ।

नेपाली प्रबासी मंचको अधिबेशनको म्यान्डेट अनुसार संगठनको सर्बसम्मत कार्यसमिती बनाउन केन्द्रिय प्रतिनिधि एबम बिदेश बिभाग इन्चार्ज राजन भट्टराई लगायत अध्यक्षमन्डलका सदस्यहरु गोबिन्द पौडेल, भक्त वाग्ले, शिव बरुवाल , मुक्त गुरुङ, चन्द्रकान्त आचार्य, बोधराज पौडेल, चन्द्र शर्माले सहमतिको कार्यसमितीको घोषणा गर्नु भएको हो ।

कार्यसमितिको अन्य पदाधिकारीमा रुद्र लम्साल र जनक सुबेदी सहसचिब एबम सदस्यहरुमा तिर्थ धमला, जीबन शर्मा, सुरेश प्रसाई,झुना निरौला, लोकनाथ शर्मा, दिपक राउत, सुर्यनारायण श्रेष्ठ सबिता दाहाल, मुना केसी ( आर्थिक बिभाग ) , हरि सिंखडा, कृष्ण अधिकारी, कृष्ण सिंखडा, सुशिल भन्डारी, ज्ञानु बरुवाल, क्रिष्ण दाहाल, बुद्दि बराल, क्रिष्ण न्यौपाने, बिनोद न्यौपाने, चित्रजङ्ग गुरुङ, अनिता शर्मा महर्जन, सुरेश कोराङी गुरुङ सर्बसम्मत निर्बाचित हुनु भएकोछ ।

प्रबासी नेपाली मंच बेल्जियमले पहिलो पटक दुई महत्वपूर्ण पद अध्यक्ष र सचिबमा महिला नेत्रीहरुलाई जिम्मेवारी दिईएकोछ, जसलाई संगठनका शुभचिन्तक एबम अन्य संघसंस्थाले पनि सकारात्मक कदम ठानेकाछन ।


को हुन गुरुङ र भट्टराई ?


२०४६ सालमा नेकपा एमालेको संगठित सदस्य बनेकी गुरुङ सन २००७ मा प्रबासी नेपाली मंचको कार्यसमिती सदस्य र महिला फोरमको अध्यक्ष बन्नु भएको थियो । बेल्जियमको नेपाली समुदायका हरेक गतिबिधिमा ओएनएफको महिला फोरमले सशक्त प्रस्तुति देखाउने गरेकोछ , जसको लागि गुरुङको भूमिका महत्वपूर्ण रहेको मानिन्छ । २०२० बाट महिला उपाध्यक्षको रुपमा काम गर्दै आएकी गुरुङलाई संगठनको उच्च पदको जिम्मा दिईएकोछ ।


विद्यार्थी राजनितीबाट नेकपा एमालेको संगठनमा आबद्ध भएर २०६७ सालमा कास्की जिल्ला कमिटी सदस्य भएकी हरी भट्टराई बेल्जियमको नेपाली समुदायमा मिलनसार सामाजिक ब्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ । ओएनफको बिभिन्न जिम्मेवारीमा रहेकी भट्टराईले एनआरएनए बेल्जियम महिला सन्योजक , महिला उपाध्यक्षको जिम्मेवारी पुरा गरी सक्नु भएकोछ । सबैलाई मिलाएर संस्थाका काम अगाडि बढाउने क्षमता देखेर संगठनको सचिबको महत्वपूर्ण जिम्मेवारिमा उनलाई चयन गरिएको ठानिएकोछ ।

Leave A Reply

Your email address will not be published.