काठमाडौंमा लामो समयदेखि थुप्रिएको फोहोर उठ्न थाल्यो

0

काठमाडौं : काठमाडौं महानगरमा विगत एक महिनाभन्दा बढी समयदेखि थुप्रिएको फोहोर मंगलबारदेखि उठाउन थालिएको छ । 

सोमबार आन्दोलनरत स्थानीयबासी, नेपाल सरकार सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच ११ बुँदे सहमित भएपश्चात विहानवाट फोहोर उठ्न थालेको हो । 

सहरी विकास मन्त्रालयका तर्फबाट सडक, नदी नियन्त्रण, वृक्षारोपण, सामुदायिक भवन निर्माण, जग्गा अधिग्रहण, अस्पताल निर्माणको पहल गर्ने प्रतिबद्धता सरकारले गरेपछि स्थानीयले फोहोर विसर्जन गर्न दिन सहमति जनाएका हुन् । 

त्यस्तै, महानगरपालिकाका तर्फबाट स्वास्थ्य बीमा गरिदिने, पूर्वाधार विकास रकम दिने, फोहोरको गन्ध हटाइदिने, माटोले फोहोर छोप्ने, फोहोरको स्रोत नै वर्गीकरण गराउने लगायत सम्झौतापनि भएको छ । 

फोहोर व्यवस्थापनमा ककनी गाउँपालिका र धुनिबेँशी नगरपालिकाले पनि सहयोग गर्ने भएका छन् । 

सामान्य अवस्थामा काठमाडौं उपत्यकाबाट दैनिक करिब १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुँदै आएको छ । 

उपत्यकाका दुई महानगरपालिकासहित १८ पालिकाको फोहर नुवाकोटको सिसडोलमा विसर्जन हुँदै आएकोमा अव बञ्चरेडाडामा समेत बिर्सजन गर्न लागिएको छ ।

Leave A Reply

Your email address will not be published.