रुसी कब्जाबाट सेभेरोडोनेत्स्कको एउटा भाग फिर्ता लिएको युक्रेनको दाबी

0

एजेन्सी : युक्रेनले रुसी सेनाको कब्जामा पुगेको पूर्वी सहर सेभेरोडोनेत्स्कको एउटा भाग फिर्ता गरेको दाबी गरेको छ ।

शहरको झन्डै ७० प्रतिशत भूभाग रुसी सेनाको कब्जामा गइसकेकोमा सेनाले शहरको ठूलो हिस्सा फिर्ता गरेको युक्रेनले जनाएको हो ।

शहरलाई कब्जा गर्ने रुसी सेनाको प्रयास सेनाले असफल बनाएको उसको भनाइ छ । अहिलेपनि सेभेरोडोनेत्स्कमा युक्रेनी सेना र रुसी सेनाबीच भिडन्त जारी छ ।

रुसी सेनाले केही सातादेखि सो शहरलाई मुख्य निशाना बनाएको छ । शहरमा मानवीय अवस्था अत्यन्तै दयनीय बनेको बताइएको छ ।

रुसको मुख्य निसानामा रहेको सेभेरोडोनेत्स्क पूरै फिर्ता गर्न अमेरिकाले पछिल्लो समय दिएका नयाँ हतियार उपयोगी हुने बताइएको छ ।

यसैबीच युक्रेनमा युद्धपछिको पुनर्निर्माणको पहिलो चरण शुरु भएको छ । युक्रेनी प्रधानमन्त्री डेनिस श्म्याहलले देशले द्वन्द्वपछिको पुनर्निर्माणको पहिलो चरण शुरु गरेको जानकारी दिएका हुन् ।

युक्रेनमा युद्धका कारण झन्डै सय पुल र २४ हजार किलोमिटर सडक ध्वस्त भएको छ । आक्रमणमा परेका थुप्रै शहरहरू खण्डहर बनेका छन् ।

Leave A Reply

Your email address will not be published.